२०८२ जेठ ३२ शनिवार

राशिफल

बिहीबार उपत्यकामा मात्रै ४२७ जना संक्रमित थपिए

काठमाडौँ – बिहीबार काठमाडौं उपत्यकामा ४२७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा २८७, ललितपुरमा ८२, भक्तपुरमा ५८ संक्रमित पुष्टि भएको छ ।

९ जिल्लामा सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी छ । २५ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा बढी छ । काठमाडौं जिल्लामा ५४३०, भक्तपुरमा १०६१ र ललितपुरमा १४२३ जना सक्रिय संक्रमित छन् ।

मुलुकको सक्रिय संक्रमित संख्या ४.०६ प्रतिशत छ ।