दैलेख – दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको कोरोना भाइरस सङ्क्रमणबाट बिहीबार बिहान मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण भएपछि उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिन्टेन्डेन्ट प्रकाश थापाले बताए । यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो ।
जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया