२०८२ जेठ २२ बुधबार

राशिफल

अभिनेत्री जेनी कुँवरले गरिन आत्महत्या

काठमाडौं  : थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। बिहिबार राति उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अनुसन्धानमा आत्महत्या गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरीले जानकारी दिए।
उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।
उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।