काठमाडौं – नेपाली बजारमा सुनको भाउ सामान्य रुपले बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँ कायम गरिएको छ । बिहीबार प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।
तपाइँको प्रतिक्रीया