२०८२ असार १ आइतबार

राशिफल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

काठमाडौँ – बिहीबार बूढीगंगास्थित शिवम फ्याक्ट्री अगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट बूढीगंगा गाउँपालिका–३ मा सवारीसाधनको ठक्करबाट पैदलयात्री स्थानीय २० वर्षीय रामकुमार राजवंशीको मृत्यु भएको हो ।

बिहीबार राति करिब १० बजे गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा राति करिब साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारीसाधनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।