२०८२ असार १ आइतबार

राशिफल

मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गर्ने दुई पुरुष र एक महिला पक्राउ

काठमाडौं – बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका – ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

प्रहरी स्रोतका अनुसार गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए । प्रदेश ३ – ०१ – ००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो ।

गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ ।