काठमाडौं – मन्त्रालयको गाडीभित्रै अश्लिल हर्कत गरिरहँदा पक्राउ परेका तीनजना थप दुई दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई आइतबार सीडीओ कार्यालयमा पेस गरिने प्रहरी स्रोतले जानकारी दिएको छ ।
गत बुधबार राति मन्त्रालयको प्रदेश ३ – ०१ – ००२ झ ५०५२ नम्बरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीबाट एक महिला र दुई पुरुष पक्राउ परेका थिए । सूर्यविनायक नगरपालिका – ७ घ्याम्पेडाँडाको जंगलमा गाडीभित्रै यौन क्रियाकलाप गरिरहँदा गस्तीमा आएको प्रहरीले उनीहरूलाई निर्वस्त्र अवस्थामा रंगेहात समातेको थियो ।
स्रोतका अनुसार पक्राउ परेका दुई पुरुष र महिला अपरिचित हुन् । मन्त्रालयको गाडी लिएर भक्तपुरतर्फ गइरहेका दुई पुरुषले सल्लाघारीमा गाडी कुरेर बसेकी अपरिचित महिलालाई लिफ्ट दिएका थिए । महिला चढेपछि गाडीभित्रै उनीहरूबीच सहमति भएर घ्याम्पेडाँडाको जंगलतिर लागेको स्रोतको भनाइ छ ।
उनीहरुबीचको त्रिपक्षीय शारीरिक सम्बन्ध जबरजस्तीमा नभइ सहमतिमा नै भएको देखिएको घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक (इन्सपेक्टर) विष्णुहरि फुयाँलले जानकारी दिए ।
पक्राउ परेका दुई पुरुषमध्ये एक मन्त्रालयकै कर्मचारी (ड्राइभर) हुन् ।
तपाइँको प्रतिक्रीया