२०८२ असार १ आइतबार

राशिफल

खोला तर्ने क्रममा बगाएर बेपत्ता व्यक्तिको शब फेला

तनहुँ – बिहीबार खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली शुक्रबार बिहान मृत फेला परेका छन् ।

जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।

आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको हो ।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन ।