काठमाडौँ – निर्मात्री / अभिनेत्री जेनी कुँवरले बिहीवार साँझ ९ बजे काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी छिन ।
उनले आत्महत्या गरेको कुरा प्रहरीको प्रारम्भीक अनुसन्धानबाट जानकारी दीइएको हो । घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको र गत एक बर्ष देखि जेनी डिप्रेसनमा रहेको बताइएको छ । जेनीले एक वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेकी थिइन् ।
शुक्रबार दिउँसो १ बजे जेनीको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्यस्टिका लागि राखिएको थियो र नेपाली चलचित्र क्षेत्रका केहि सिमित व्यक्तित्वहरुको उपस्थितीत्वमा श्रदान्ञ्जलि दीइएको थियो ।
अभिनेत्री जेनी कुँवरले अभिनय गरेका चलचित्रहरु ‘मैदान, जीननदाता, ‘जिन्दगानी’ कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ आदि रहेका छन् ।
तपाइँको प्रतिक्रीया