चितवन – चितवनमा कारले स्कुटरलाई ठक्कर दिदा पाँच बर्षिय बालकको मृत्यु भएको छ ।
स्कुटरमा बसेका खैरहनी – १२ का बालक आरुष अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो ३:३५ बजे मृत्यु भएको छ भने तीन जना घाइते छन् ।
राप्ती – ३ झुरझुरेमा भण्डाराबाट नारायणगढ आउदै गरेको बा १९ च ७९८६ नम्बरको कारले विपरित दिशाबाट आइरहेका दुई स्कुटरलाई दिउँसो ३:१० बजे ठक्कर दिएको थियो ।
प्रदेश ३, ००३ प ६८८८ नम्बरको स्कुटर र प्रदेश नम्बर ३ – ००२ प ६४८३ नम्बरको स्कुटर दुर्घटनामा परेका थिए । पहिलो स्कुटर चालक खैरहनी – १२ का ३५ वर्षिय राजकुमार अधिकारी दाहीने खुट्टा र मुखमा चोट लागेको छ । पछाडी बस्ने उनका ५ वर्षिय छोराको ज्यान गएको छ ।
दोस्रो स्कुटरका चालक रत्ननगर – १५ का १८ वर्षिय निशान भट्टराई र स्कुटरमा बसेका सोही ठाउका २० वर्षिय सन्तोष पोखरेल घाइते छन् ।
तपाइँको प्रतिक्रीया