पोखरा – साउन ५ गते राति १२ बजेसम्मका लागि कास्कीमा निषेधाज्ञा थप गरिएको छ । कोभिड– १९ को सङ्क्रमणदर र मृत्युदरमा केही कमी आएको भए पनि अपेक्षाकृत नियन्त्रणमा आइनसकेको कारण जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा अवधि १० दिन थप गरेको हो ।
यही असार २५ गते राति १२ बजेबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञामा जिल्ला भित्र मात्र जोरबिजोरअनुसार सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन् भने विभिन्न पेशा व्यवसाय तथा पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन् ।
निजी सवारी साधन अहिले जस्तै जोरबिजोरका आधारमा सञ्चालन हुने छन् भने सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न प्रशासन कार्यालयले जनाएको छ ।
अत्यावश्यक दैनिक उपभोग्य खाद्यन्न सामग्रीका पसल, तरकारी, पानी फलफुललगायत पसल बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालयले यसअघि कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो ।
तपाइँको प्रतिक्रीया