काठमाडौँ – सर्पको टोकाइबाट नवलपरासी गैँडाकोटमा एक बालिलकाको ज्यान गएको छ ।
शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको सर्पको टोकाइबाट मृत्यु भएको हो । राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पुर्याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए ।
तपाइँको प्रतिक्रीया