रुपन्देही – दुई दिनअघि पहिरोले पुरिएर पाल्पामा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ । घाइते तिनाउ गाउँपालिका – ५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुंगेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार राति मृत्यु भएको हो । पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको घटनास्थलमै मृत्यु भएको थियो । गत बिहीबार बिहान माथिबाट झरेको पहिरोले पुरिएर ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
तपाइँको प्रतिक्रीया