काठमाडौँ – पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २१ सय ६९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको छ । आज १४ सय ३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख १८ हजार ३ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया