२०८२ असार १ आइतबार

राशिफल

यूरोकप खेलमा सट्टेबाजी खेलाउने ललितपुरका ५ जना पक्राउ

काठमाडौँ – यूरोकप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका – ५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका – २ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका – ११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका – १६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका – १२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।

उनीहरू उपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।