काठमाडौँ – नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगले निर्णय गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको छ ।
‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’ आयोगको निर्णयमा भनिएको छ ।
तपाइँको प्रतिक्रीया