काठमाडौँ – सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तड्पिन नपर्ने बताए । उनले भने, ‘२०२१ भित्रमा भ्याक्सिन लगाइसक्ने गरी हामी प्रयास गरिरहेका छौं, केही समस्या आइपरेमा त्यो भन्दा पर पनि जान सक्छ’ ‘तर भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैन ।’ ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट कोभिड(१९ समाप्त हुँदैन, हामी सजग हुनुपर्छ ।’
तपाइँको प्रतिक्रीया