२०८२ जेठ २२ बुधबार

राशिफल

आइतबार ७३.३३ अंकले बढ्यो नेप्से

काठमाडौँ – आइतबार नेप्से परिसूचक ७३.३३ अंकले बढेको छ । कारोबारको पहिलो दिन २८९८.४३ विन्दुमा रोकिएको छ ।

कारोबार संख्या र रकममा उल्लेखनीय वृद्धि भएको आज ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेचमा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रूपैयाँ कारोबार भएको छ । यो गत विहीबारभन्दा ४ अर्बले बढी हो । आज सबै समूहको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स र विकास बैंकका समूहका लगानीकर्ताले कमाएका छन् ।

आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ३९ करोडको कारोबार भयो । यस्तै नविल बैंकको २५ करोड बराबरको कारोबार भएको छ । आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य २२ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा पुगेका छन् ।