२०८२ असार १ आइतबार

राशिफल

चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

काठमाडौँ – भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।