२०८२ जेठ २२ बुधबार

राशिफल

ब्राजिललाई १–० गोल हराउँदै अर्जेन्टिना जित्यो उपाधि

काठमाडौँ – आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले उचालेको छ ।

ब्राजिलको रियो दी जेनेरियोको माराकानो स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

डी मारियाले डे पाउलको पासमा गोल गरेका हुन् । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो । यता ब्रजिलले भने लगातार दोस्रो पटक उपाधि जित्नबाट बञ्चित भएको हो ।