२०८२ जेठ २१ मङ्गलबार

राशिफल

गर्भवती भएको समाचार आउन थालेपछि आँचल शर्माको स्पष्टिकरण

काठमाडौँ – नायिका आँचल शर्माले दर्शकलाई स्पष्टिकरण दिएकी छन् । गर्भवती भएको समाचार दिनदिनै आउन थालेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टिकरण दिएकी हुन् । उनले गलत समाचारबाट टाढा रहन आफ्नो फ्यानहरुलाई आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।’ आँचलले केही राम्रो कारणले गर्दा अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको उल्लेख गरेकी छिन् । आफू आमा बन्ने भएपछि यो खबर आफूले नै सुनाउने उनको भनाई छ । आँचलले यसैले पनि अहिलेलाई गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी हुन् ।