२०८२ असार ३ मङ्गलबार

राशिफल

निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित

काठमाडौं – संसद पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित भएको निर्वाचन आयोगले बताएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी सबै काम अब रोकिने बताए । ‘निर्वाचनसम्बन्धी अब सबै कार्यक्रम यहीँ रोकिएका छन्, ’एक मिडियासँग भने , ‘अब चुनावसम्बन्धी कुनै पनि कार्यक्रम अगाडि बढाउन मिल्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेका थिए ।