वीरगञ्ज – कलैया उपमहानगरपालिका – १७ बस्ने २१ वर्षीय जय नारायणप्रसाद जयसवाल र कलैया – ३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह किर्ते सवारी पास बनाउने उपकरणसहित पक्राउ परेका छन् । पक्राउ परेका जयनारायण ना१ज ७२८८ न. को सुमोका धनी उमेशप्रसाद जैसवालको छोरा हुन् भने गोपाल दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरका सञ्चालक हुन् ।
पक्राउ गरी सोधपुछ गर्दा कलैया – ४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए । पसल खानतलासी गर्ने क्रममा थप तीन थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पसलबाट प्रहरीले २ थान प्रिन्टर, एक थान कम्युटर र तीन वटा नक्कली सवारी पास फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखी लिखत सम्बन्धी कसुर (किर्ते मुद्दा) मा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया