काठमाडौँ – भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजानिक बिदा दिएको छ ।
नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा नगरपालिकाले सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिएका भानुभक्तको १९२५ साल असोज ६ गते निधन भएको थियो । भानु जयन्ती सप्ताहव्यापी रूपमा मनाउँदै आएकोमा यस वर्ष कोरोना सङ्क्रमण जोखिमका कारण एक दिन मात्रै मनाइने भएको छ ।
तपाइँको प्रतिक्रीया