काठमाडौँ – लकडाउन खुकुलो भएपनि काठमाडौँ महानगरपालिकाले अझै दुई साता विद्यालय खोल्न नसकिने बताएको छ ।
महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी भने, “कोरोना संक्रमण बढ्न थालेको छ । फेरि डेल्टा भाइरस देखिन थाल्यो भन्ने सुनिन्छ । त्यसैले कम्तीमा दुई साता विद्यालय भौतिक रूपमा खोलिहाल्ने अवस्था छैन ।”
उनले गत वर्ष अनलाइन शिक्षा दिन अन्यौल भएपनि यसपालि महानगरका अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको बताए ।
शिक्षक र विद्यार्थी दुवैले खोप पाएपछि मात्र भौतिक रूपमा विद्यालय सञ्चालन हुनसक्ने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया