काठमाडौँ – पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बझाङमा एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको हो ।
जोशीले असार १८ गते घरमा कोही नभएका बेला बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ । जोशीलाई हिरासतमा राखेर अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया