काठमाडौं – मंगलबार नेप्से १६.३४ अंकले बढेको छ । १६.३४ अंकले बढेर २८७१.०४ विन्दुमा रोकिएको हो ।
आज १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेचमा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार रकम हिजोको भन्दा करिब साढे चार अर्बले घट्न पुगेको छ । हिजो करिब १० अर्बको कारोबार भएको थियो । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।
तपाइँको प्रतिक्रीया