२०८२ जेठ ३१ शुक्रबार

राशिफल

मंगलबार थप २ हजार ३ सय ९८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ६ लाख ५८ हजार ७ सय ७८ जना पुगेको छ ।

आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ६१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार ७८ जना डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २३ हजार १ सय ५ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ जना पुगेको छ ।