काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार लोकत्रान्त्रीक ईन्जिनियरिङ्ग ग्रुपले बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ ग्रहण लिएका थिए ।
नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्ष ई. ध्रुव थापाको नेतृत्वमा पुगेको टोलीमा इन्जिनियर नेताहरुको सहभागीता रहेको थियो । बधाई दिन ई. डा. मुकेश काफ्ले, ई. सालिग्राम सिंह, ई. दिलिप झा, ई. दिनेश भट्ट, ई. कृष्ण सिंह बस्नेत, ई. विनोद देवकोटा, ई. ऋषि कोइराला, ई. दिनेश पाठक, ई. प्रेम राज पोख्रेल, ई. सुरेश पौडेल, ई. बसन्त लेखक, ई. शशांक न्यौपाने, ई. संजय महतो, ई. कृष्ण अधिकारी र ई. गोरख राज जोशी लगायतको उपस्थिती थियो ।
भेटमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै इन्जिनियरसहित सबै जनतालाई खोपको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
तपाइँको प्रतिक्रीया