२०८२ असार २ सोमबार

राशिफल

भेटेरै राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री देउवालाई शुभकामना दिए

काठमाडौं – भारतले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ ।

राजदूत विनयमोहन क्वात्राले बुधबार देउवालाई भेट गर्दै उनको कार्यकालमा दुई मुलुकबीच सम्बन्ध थप सुद्धढ हुने तथा नागरिक तहको सम्बन्ध प्रगाढ हुने ट्वीट गरेका छन् ।

भारत र नेपालको बहुपक्षीय सम्बन्धलाई बलियो तुल्याउँदै साझा हित र समृद्धिको विषयमा मिलेर काम गर्ने इच्छा पनि उनले व्यक्त गरेका छन् ।