२०८२ असार २ सोमबार

राशिफल

साउदीमा कोरोनाबाट थप १२ नेपालीको मृत्यु

साउदीमा गएको चार हप्तामा कोरोना भाइरसबाट थप १२ नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले जनाएको छ ।

सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विश्वभरका २८ देशमा रहेका ४ सय ४७ जना नेपालीको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १ लाख ११ हजार ४७ जना कोरोना मुक्त भएका छन् ।