२०८२ जेठ ३१ शुक्रबार

राशिफल

लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि

काठमाडौं – लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो ।

विभागद्वारा आज जारी विज्ञप्तिमा यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।