२०८२ जेठ २२ बुधबार

राशिफल

१.०१ अंकले बढ्यो नेप्से

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो ।

आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ विन्दुमा झरेको छ । त्यस्तै आज होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड र लगानी क्षेत्रका समूहहरुबाहेक अन्य सबै समूह ऋणात्मक भएका छन् ।

बुधबार कुल २१४ कम्पनीका ४ करोड ४७ लाख माथि कित्ता सेयर ५० हजार ५९१ पटक किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाखको कारोबार भएको छ ।