जनमोर्चाको आज बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको परमादेशअनुसार देउवा हिजो संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ खाईसकेका छन् ।
सुरुमा उनले कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएर सरकारमा सहभागी गराएका छन् ।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की कानू, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । उता, माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुषाल उर्जामन्त्री बनेकी छिन् ।
तपाइँको प्रतिक्रीया