२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका थिए।

तर देउवाकै व्यस्तता देखाउँदै बैठक स्थगित भएको हो ।

क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बैठक बस्न लागेको थियो। यस्तै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी थियो।