२०८२ असार ३ मङ्गलबार

राशिफल

नेता नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड र विप्लव

काठमाडौँ – नेता माधवकुमार नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वस्थित उनकै निवास पुगेका छन् ।

बिहीबार नेपाललाई भेट्न प्रचण्ड र विप्लव सँगसँगै पुगेका हुन् र साथमा नेता धर्मेन्द्र वास्तोला पनि छन् ।

बुधबार विप्लवले प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा छन् ।