२०८२ असार २ सोमबार

राशिफल

बाँसको भाटा प्रहार गरी हत्या गर्ने युवक प्रकाउ

काठमाडौँ – भिमदत्त नगरपालिका तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको बाँसको भाटा प्रहार गरी हत्या २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आपसी झगडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको हो ।

साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।