२०८२ जेठ ३१ शुक्रबार

राशिफल

प्रचण्ड र अष्ट्रेलियाली राजदूत वोल्कबिच भेटवार्ता

काठमाडौं – नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्क र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार उनले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका थिए । त्यस्तै उनले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका थिए।

राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन् ।