२०८२ असार ३ मङ्गलबार

राशिफल

भोलीदेखी संसदहरुको कोरोनाभाइरस परिक्षण गरिने

काठमाडौं –  संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।

पाण्डेका अनुसार, ‘संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट परीक्षण गर्न लागिएको हो । कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी करिब ७ सयजना हुनेछन् ।’

संघीय संसदको बैठक बस्ने तयारी भएकोले संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।