२०८२ असार ६ शुक्रबार

राशिफल

जिपको ठक्करबाट एकको मृत्यु, चार जना घाइते

रुपन्देही – जिपको ठक्करबाट गुल्मीमा ३० वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ । जिल्लाको धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जिपले रेसुङ्गा नगरपालिका – ४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार पाण्डेको मृत्यु भएको हो ।

उनी मोटरसाइकल चालक हुन् । मृतक पाण्डे तम्घासमा व्यापार व्यवसाय गर्दै आएका थिए । जिपको ठक्करबाट घाइते भएका उनको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

दुर्घटनामा परी जिपमा सवार चारजना घाइते भएका छन् । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।