काठमाडौँ – काम विशेषले काठमाडौं उपत्यका आउन भोलिदेखि जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ ।
बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन सीडीओहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
तर, अत्यावश्यक बाहेकका कामलाई उपत्यका प्रवेश गर्न अहिले पनि प्रतिबन्ध कायमै छ । संक्रमण दर उल्लेख्य नघटेको निष्कर्ष निकाल्दै सीडीओहरुको बैठकले साविकका प्रावधानलाई कायमै राख्ने नि र्णय गरेको हो ।
तपाइँको प्रतिक्रीया