काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५५३ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० जना कोभिड बिरामी थपिएका छन् ।
सक्रिय संक्रमित प्रतिशत ४.०२ प्रतिशत छ ।
कूल संक्रमित संख्या ६ लाख ६२ हजार, कूल मृत्यु ९४६३ र कूल निको हुने संख्या ६ लाख २६ हजार पुगेको छ । बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७५७ जना निको भएका छन् ।
तपाइँको प्रतिक्रीया