काठमाडौँ – ब्राजिलमा कोरोना भाइरसबिरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ ।
महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलो पटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ ।यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन । ती अस्पतालमा अझै पनि ८० प्रतिशतभन्दा बढी सघन उपचार कक्षले बिरामीलाई सेवा दिइरहेका छन् ।
तपाइँको प्रतिक्रीया