२०८२ असार २ सोमबार

राशिफल

१०:०३ को शुभसाइतमा बालुवाटार सरे प्रधानमन्त्री देउवा देउवा

काठमाडौँ – शुक्रबार १०:०३ बजेको शुभसाइतमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।

गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन् ।

उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए । सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो ।