२०८२ जेठ २१ मङ्गलबार

राशिफल

‘वालिका वधु’ टेलिसिरीयलकी दादीको निधन

काठमाडौँ – लोकप्रिय कलाकार सुरेखा सिक्रीको ७५ वर्षको उमेरमा निधन भएको छ ।

बलिउड हंगामाका अनुसार, सन् २०१८ मा पक्षघात र २०२० मा ब्रेन स्ट्रोक भएको थियो, जसपश्चात उनी अस्वस्थ थिइन् । कलाकारका म्यानेजरले एक विज्ञप्ति जारी गर्दै उनको निधन पुष्टि गरेको हो । “तीन पटकको राष्ट्रिय अवार्ड विजेता अभिनेत्री सुरेखा सिक्रीको ह्रदयघातका कारण आज विहान निधन भएको छ । ब्रेन स्ट्रोकका कारण उनी पछिल्लो केही समयदेखि अस्वस्थ थिइन्,” विज्ञप्तिमा भनिएको छ ।

उनी टेलिभिजनको पर्दाका लोकप्रिय टेलिश्रृङखलाहरुमा दादीको रुपमा चर्चित छिन् । उनी ‘वालिका वधु’ नामक कलर्सबाट आउने टेलिश्रृङखलामा निकै लोकप्रिय छिन् ।