२०८२ असार २ सोमबार

राशिफल

महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ – महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना प्रहरीले पक्राउ परेका छन् ।

वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पीडित महिला १९ वर्षकी रुकुमकी हुन । असार २७ गते बिहान दुई वर्षको छोरासहित बुटवल जाने काठमाडौंको कलङ्की चोकमा सार्वजनिक सवारी साधन कुरी बसिरहेकी थिइन् । ना.५.ख.२८७० नम्बरको ट्रकका चालक सुनिल महतोले ‘नारायणगढसम्म पुर्‍याइदिन्छु’ भनी ट्रकमा चढाए । पहिरो गईरहेकोले बाटोमा जाममा परे । जाममै रात काट्नुपर्ने भयो । त्यही बेला सुनिलले ट्रकको क्याबिनमा नै बलात्कार गरेको पीडिते बताएकी छन् ।

उनीहरुविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।