२०८२ जेठ ३१ शुक्रबार

राशिफल

शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु

काठमाडौँ – २४ घण्टा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ६ लाख ६४ हजार ५ सय ७६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय २७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ७ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २८ हजार २ सय ४३ जना रहेको छ । आज ४३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ५ सय ४ जना पुगेको छ ।