२०८२ असार ३ मङ्गलबार

राशिफल

ट्रयाक्टर र अटो ठोक्किदा दुई जनाको मृत्यु

काठमाडौँ – ट्रयाक्टर र अटो ट्याम्पो ठोक्किदा झापामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्रयाक्टरसँग विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको ट्याम्पो ठोक्किदा भद्रपुर–१ हिमालीचोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको हो ।

मेची राजमार्गको चारआली–केचना सडक खण्डअन्तरगत भद्रपुर–२ स्थित सगरमाथा चोक नजिकै शुक्रबार अपरान्ह भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते ट्याम्पो चालक भद्रपुर–१ निवासी ४२ वर्षीय वीरबहादुर लिम्बू र ट्याम्पोमा सवार सोही ठाउँका ३२ वर्षीय नरबहादुर लिम्बूको स्थानीय ओम साई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ ।