२०८२ असार २ सोमबार

राशिफल

बालकोटमा अध्यक्ष ओली र ठाकुरबीच भेटवार्ता

काठमाडौँ – शनिबार बालकोटस्थित ओली निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

छलफलमा जसपाबाट अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झालगायत सहभागी हुनुहुन्थ्यो । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री पदमुक्त हुन भएका ओलीसँग ठाकुर समूहले शनिबार पहिलोपटक भेटवार्ता गरेको हो ।

पछिल्लो समय ठाकुर पक्षका ६ जना सांसद पनि यादव पक्षसँग निकट हुन थालेको पाइन्छ ।