२०८२ जेठ ३१ शुक्रबार

राशिफल

बेवारिसे अवस्थामा महिलाको शव फेला

काठमाडौँ – अछाममा करिब ३० वर्षकी महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शव शनिबार चौरपाटी गाउँपालिका – ४ बुढीगंगा नदी किनार चित्रेमा फेला परेको हो।

शव कसको हो भन्नेबारे पत्ता नलागेको र पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल अछाममा राखिएको प्रहरीले जनाएको छ । बाजुराबाट शव बगेर अछाम पुगेको हुनसक्ने अनुमान गरिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।